पर्वत। जिल्लाको लमाएखोलामा मोटरेबल पुल पुनर्निमाण सुरु गरिएको छ। बाढीले बगाएको पुल पुनर्निमाण सुरु गरिएको हो।
निर्माणाधिन अवस्थामा रहेको उक्त पसल गत असार ५ गते आएको बाढीले बगाएको थियो। बाढीले पुल बगाएको पाँच महिनापछि पुल पुनर्निमाण सुरु गरिएको हो।
२५ मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल दुई सय दिन भित्रमा निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिईएको बताइएको छ।