जुम्ला। जिल्लाको तिला गाउँपालिकाको केन्द्र रारादेखि विकट मानेचौरसम्मको सडक निर्माण कार्य सुरु गरिएको छ। विकट गाउँपालिकामा सड निर्माण गर्न सुरु गरिएको हो।
कुल सात करोड २६ लाख लगतमा रारा–घोडे–सुडि–रिपि हुँदै मानेचौर जोड्ने सडक निर्माणको काम भइरहेको गाउँपालिकाले जनाएको छ।
वर्षौंपछि तिला–१ रारासेरीस्थित तिला नदीमाथि १४ करोड लगानीको पक्की पुल निर्माण भएपछि विभिन्न स्थानका विकट सडकहरु निर्माण र स्तरोन्नती गर्न सुरु गरिएको बताईएको छ।
उक्त सडक निर्माण भएपछि सो स्थानका स्थानीयले राहत पाउनेमा विश्वास गरिएको छ। विकट ठाउँ भएको कारण सडक निर्माण नहुँदा निकै सास्ती भोग्दै आएको स्थानीयले बताए। अब सडक निर्माण हुने भएपछि सहज हुने आशा पलाएको उनिहरुको भनाई छ।