फाइल फोटो
बुटवल। सिद्धबाबा सुरुङमार्ग निर्माणको अन्तिम चरणमा पुगेको छ। सुरुङमार्गको ८० प्रतिशत सुरुङ खन्ने काम सम्पन्न भएको हो।
दैनिक डेढ सय कर्मचारी खटाएर काम गरिरहेको आयोजनाले जनाएको छ। यही डिसेम्बर अन्तिमसम्ममा सुरुङमार्ग ब्रेकथ्रु गर्ने उद्धेश्यले काम धमाधम भईरहेको आयोजनाको भनाई छ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी) ले ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा उक्त सुरुङमार्ग निर्माण गरिरहेको छ।
सन् २०२७ मार्चसम्म सुरुङमार्ग निर्माण सक्नुपर्ने समय अवधी रहेको आयोजनाले जनाएको छ।