खोटाङ। खोटाङ जिल्लाको बुँवाखोलामा पक्की पुल निर्माण गरिने भएको छ। जन्तेढुंगा गाउँपालिका–१ देवीस्थान र बाराहपोखरी गाउँपालिका–५ पौवासेरा जोड्ने पुल निर्माण गर्न लागिएको हो।
पुल निर्माणका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले शिलान्यास समेत गरेका छन्।
पुल निर्माणका लागि २०८३ कात्तिक–२१ गतेसम्म सक्ने गरी २०८१ वैशाख ३० गते १७ करोड ५८ लाख ७९ हजार ७ सय २९ रुपैयाँको लागतमा जय बागेश्वरी–रेग्मी–चुरिया जेभी उदयपुरसँग ठेक्का सम्झौता भएको छ। पुल निर्माणमा सम्पूर्ण लगानी प्रदेश सरकारको रहने छ।