म्याग्दी। जिल्लाको बेनी–पाखापानी–घतान सडक स्तरोन्नति गरिने भएको छ। बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका लाई सदरमुकामसँग जोड्ने उक्त सडक स्तरोन्नति गरीने भएको हो।
मङ्गलादेवी सुवास कन्ट्रक्सनले १० करोड १६ लाख एक हजार तीन सय ६४ लागतमा उक्त सडक स्तरोन्नतिको जिम्मा पाएको छ।
सडक स्तरोन्नती भएर बस्ती सरदमुकामसम्म जोडिने भएपछि स्थानीय निकै खुशी भएका छन्। अब आफूहरुले उत्पादन गरेका सामाग्रीहरु सहज रुपमा बजारसम्म पुर्याएर आफ्नो जिविकोपार्जनमा सहज हुने विश्वास गरिएको उनिहरुले बताए।