काठमाडौं। तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्मको सडक विस्तार कार्य सुरु भएको छ। साढे १६ करोड लागतमा अहिले तीन मिटर चौडाइ भएको सडकलाई साढे ५ मिटर चौडा बनाउन सुरु गरिएको हो।
विस्तार कार्य सुरु भएको उक्त सडकको लुम्बिनी प्रदेशसभा सदस्य तथा प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले अनुगमन समेत गरेका छन्।
अहिले गहतेखोलाबाट आठ किलोमिटरसम्म स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाउने रत्यसलाई कालोपत्र गर्ने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।
शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ। पर्याप्त बजेट नभएका कारण निर्माण कम्पनीले अहिले पेश्कीका आधारमा काम सुरु गरेको कार्यालयले जनाएको छ।