काठमाडौं। पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमा ‘केबल–स्टेड’ प्रविधिको पुल निर्माण भइरहेको छ। पुलको काम हालसम्म २८ प्रतिशत भएको हो।
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत निर्माण भइरहेको पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाले जनाएको छ।
दुई वर्षअघि ठेक्का सम्झौता भएको पुलको सम्झौता समय अब एक वर्ष बाँकी छ। डिजाइन स्वीकृत गर्न र निर्माणस्थलमा रहेका अवैध संरचना हटाउन समय लागेपछि पुल निर्माण कार्य गत वर्षको असोजदेखि मात्र सुरु भएको थियो।