फाइल फोटो
रामपुर। अरुणखोलाको रिपाहा घाटमा झोलुङ्गे पुल निर्माण गरिएको छ। लुम्बिनी र गण्डकी प्रदेशलाई जाड्ने गरी उक्त पुल निर्माण गरिएको हो।
उक्त झोलुङ्गे पुल १७५ मिटर लामो रहेको बताइएको छ। उक्त पुलको लुम्बिनी प्रदेश सभा सदस्य एवम् अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन्।
पुल एक करोड ३७ लाख ६७ हजार ९२० रुपियाँको लागतमा निर्माण सम्पन्न गरिएको बताईएको छ। उक्त पुल निर्माण भएपछि स्थानीयलाई सहज हुनका साथै आर्थिक पक्षमा पनि टेवा पुग्ने बताईएको छ। पुल निर्माण भएपछि स्थानीयहरु पनि उत्साहीत भएका छन्।