काठमाडौं। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बिहुँ–घोडाबाँधे खण्डको काम हालसम्म ८० प्रतिशत पूरा भएको छ। बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर खण्डको भौतिक प्रगति ८० प्रतिशत र वित्तिय प्रगति ७७ प्रतिशत भएको हो।
यस खण्डको काम अहिले नयाँ निर्माण व्यवसायीलाई दिएर तीव्र गतिमा काम भइरहेको आयोजनाले जनाएको छ।
त्यसैगरी मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको १३ किलोमिटर कालोपत्रको काम पनि लगभग सम्पन्न भएको छ। अहिलेसम्म १० किलोमिटर कालोपत्र भएको छ भने अछेते बजारदेखि बिहुँ–बयलडाँडा खण्डमा ग्राभेलको काम भइरहेको छ।
दश किलोमिटरमा सिङ्गल कोट कालोपत्र भयो बाँकी आगामी पुस मसान्तसम्ममा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीले जनाएको छ।