गोरखा। १३२ केभी दरौंदी कोरिडोर डबल सर्किट प्रसारण लाइन निर्माण गरिने भएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले प्रसारण लाइन निर्माण गर्न लागेको हो।
विद्युत विकास विभागले प्रसारण लाइन निर्माण गर्न कम्पनीको नाममा अनुमतिपत्र दिने तयारी गरेको छ।
लाइन गोरखाको सिरानचोक गाउँपलिकामा प्रस्तावित १३२/३३ केभी केराबारी सबस्टेनदेखि तनहुँको आँबुखैरेनी नगरपालिकामा अवस्थित नेपाल विद्युत प्राधिकरण मार्किचोक सबस्टेसनसम्म निर्माण गर्न लागिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार करिब ३२ किलोमिटर लामो लाइनमा १ सय टावर रहनेछन् ।
एक टावरदेखि अर्को टावरसम्मको सरदर दुरी ३५० मिटर सम्म हुनेछ। निर्माण कार्य शुरु भएको ४ वर्षभित्र पूरा गर्ने गरी प्रस्ताव गरिएको छ।