म्याग्दी। जिल्लाको बेनी–पुलाचौर सडक कालोपत्रे गरिएको छ। उक्त सडक खण्डको पाँच किलोमिटर सडक कालोपत्रे र ढलान गरिएको हो।
८२ लाख लागतमा उक्त सडकको कालोपत्रे र ढलान गरिएको बताइएको छ। सडक कालोपत्रे भएपछि स्थानीय निकै खुशी भएका छन्।
कच्ची सडकमा आवतजावत गर्दा समस्या हुँदै आएको थियो अब पक्की सडक बनेपछि आवतजावतमा सहज भएको उनिहरुको भनाई छ।