बागलुङ। गलकोट नगरपालिका–२ को नरेठाँटी– दुदिलाभाटी सडक कालोपत्र गर्न सुरु गरिएको छ। उक्त सडक खण्डको दुई किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिएको हो।
सङ्घीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत उक्त सडक स्तरोन्नती सहित कालोपत्र गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ।
सडक कालोपत्र हुने भएपछि स्थानीयहरु निकै उत्साहीत भएका छन्।