फाइल फोटो
पर्वत। जिल्लाको मोदी गाउँपालिका–६ तिलाहार स्थित लिदिखोलामा पुल निर्माण सम्पन्न भएको छ। पुल निर्धारित मितिभन्दा सात महिना अगावै गत भदौमै सम्पन्न भएको हो।
भदौमानै निर्माण सम्पन्न भएको पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका हुन्।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार १८ महिनामा निर्माण कार्य सम्पन्न गर्ने गरी २०८० साल असोज २२ गते सम्झौता भएको पुल सात महिना अगावै गत भदौमै सम्पन्न भएको हो।
दुई करोड ५३ लाख लागतमा निर्माण सम्पन्न भएको पुल १५ मिटर लामो रहेको कार्यालयले जनाएको छ।
कस्तुरी कन्स्ट्रक्सन पर्वतले उक्त पुल निर्माण गरेको हो। पुल निर्माण भएपछि स्थानीयमा खुशी छाएको छ। बर्खाको समयमा आवतजावतमा निकै समस्या हुदैँ आएकोमा अब पुल निर्माण भएपछि सहज हुने उनिहरुले बताए।