तनहुँ। जिल्लाको व्यास नगरपालिका–१२ छिर्कने देउराली सडकखण्डमा रातिको समयमा सडक सञ्चालन हुने भएको छ। आजदेखि रातिमा उक्त सडक सञ्चालन हुने भएको हो।
छिर्कनेमा डाँडा काट्न रातिको समयमा दैनिक साढे पाँच घण्टा सडक बन्द गरिएको उक्त सडकखण्ड आजदेखि सञ्चालन गरिने भएको हो।
गत मङ्सिर ३ देखि २३ गतेसम्म राति ११ देखि बिहान ४ः३० बजेसम्म सडक बन्द गरी काम गरिएकामा अर्को सूचना प्राप्त नहुन्जेलसम्मका लागि बाटो खुला गरी सवारी आवागमन सञ्चालन गरिएको आयोजनाले जनाएको छ।