काठमाडौं। कमलपोखरीको मुहार फेरिएको छ। निर्माण सम्पन्न नहुँदै घुम्न आउनेको भिड लाग्न थालेको हो।
काठमाडौं उपत्यका जनसंख्याको हिसाबले एकदमै बाक्लो सहर हो। जहाँ घुमफिर गर्ने, एकान्तमा आन्दले बस्ने स्थानहरु एकदमै कम छन्। कहिँकतै भएका खुल्ला स्थान पनि फोहोर र अव्यवस्थाका कारण बस्न लायक रहेका छैनन्।
केही समयअघी फोहोर र अव्यवस्थीत रहेको काठमाडौंको ऐतिहासिक कमलपोखरी अहिले व्यवस्थित बनाइएसँगै घुमिफिर गर्न आउनेको बाक्लो उपस्थिति देखिन्छ। जाडो महिनामा घाम ताप्ने र पढ्ने विद्यार्थीका लागि त यो पोखरी एउटा आकर्षणको केन्द्र नै बनेको छ।
पोखरी व्यवस्थीत बनाइएसँगै यस क्षेत्रका स्थानीयले दुर्गन्धबाट मुक्ति पाएका छन्। कमलपोखरी क्षेत्रका स्थानीय लोपोन्मुख सम्पदा बचेकोमा खुसी छन्।
पोखरीको निर्माण सम्पन्न भएको छैन। तर, मानिसको भीडभाड बढ्दो छ। अन्य पार्कको तुलनामा शान्त वातावरण भएकाले कतिपय विद्यार्थीले यस पोखरीलाई पढ्ने थलो नै बनाएका छन्।