ढोरपाटन। बागलुङको तमानखोला गाउँपालिका स्थित बोङ्गादोभान–ढोरपाटन सिकार आरक्ष पुग्ने सडक स्तरोन्नति गर्न सुरु गरिएको छ। एक करोड ४५ लाख ५८ हजार रुपैयाँ विनियोजन गरि सडक स्तरोन्नति गर्न सुरु गरिएको हो।
तमानखोला गाउँपालिकाका अनुसार उक्त रकम विनियोजन गरी सडक स्तरोन्नतिको काम सुरु गरिएको हो।
सडक निर्माण भएपछि जनतालाई सहज हुने र अझ पर्यटकको संख्या बढ्ने गाउँपालिकाको भनाई छ।