काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ। दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल अब ८ घण्टामात्र बन्द हुने भएको हो।
विभिन्न पूर्वाधार निर्माण गर्नका लागि कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल आगामी १५ माघदेखि ८ घण्टामात्र बन्द हुने विमानस्थलले जनाएको छ।
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ। आगामी १५ माघदेखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।