पाल्पा। जिल्लाको निस्दी गाउँपालिका–४ स्थित अरुणखोलामा पक्की पुल निर्माण भएको छ। अरुणखोलाको जलुकेमा पक्की पुल निर्माण भएको हो।
भ्याटसहित १६ करोड ४९ लाख ५७ हजार चार सय रुपियाँ लागतमा उक्त पक्की पुल निर्माण सम्पन्न भएको हो। सङ्घीय सरकारमार्फत दुई लेनको पक्की पुल निर्माण सम्पन्न भएको हो।
पक्की पुल निर्माण सम्पन्न भएपछि उक्त स्थानका स्थानीय निकै खुशी भएका छन्। पुल नहुँदा धेरैनै सास्ती भोग्दै आएको उनिहरुले बताए।
बर्खाको समयमा त झन उपचारको लागि बिरामीलाई अस्पताल समेत लान नसकेको गुनासो उनिहरुको थियो। अब पुल निर्माण भएपछि यस्ता समस्या सामधान भएको भन्दै उनिहरुले खुशी ब्यक्त गरे।