पर्वत। बागलुङको गलकोट नगरपालिका–२ को नरेठाँटी–दुदिलाभाटी सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सुरु गरिएको छ। उक्त सडकको एक किलोमिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न सुरु गरिएको हो।
संघीय सरकारको एकीकृत सहरी पूर्वधार विकास कार्यक्रमअन्तर्गत सडक स्तरोन्नति गर्न थालिएको नगरपालिकाले जनाएको छ।
सडक कालोपत्रेका लागि गत भदौ १३ गते योजना सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले जनाएको छ।