काठमाडौं। तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्मको सडक विस्तार कार्य भइरहेको छ। साढे १६ करोड लागतमा अहिले तीन मिटर चौडाइ भएको सडकलाई साढे ५ मिटर चौडा बनाउन सुरु गरिएको हो।
अहिले गहतेखोलाबाट आठ किलोमिटरसम्म स्तरवृद्धि गरेर साढे पाँच मिटर चौडाइ बनाउने र त्यसलाई कालोपत्र गर्ने सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।
शारदा निर्माण सेवासहित तीन ठेकेदार कम्पनीलाई गत वर्ष एक करोड ४० लाख र चालु वर्षमा एक करोड ८२ लाख पेश्की प्रदान गरिएको छ। पर्याप्त बजेट नभएका कारण निर्माण कम्पनीले अहिले पेश्कीका आधारमा काम सुरु गरेको कार्यालयले जनाएको छ।