काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मुग्लिङ सडकखण्ड ७ दिन आंशिक बन्द हुने भएको छ। जिल्ला सुरक्षा समिति धादिङले मंसिर ७ देखि १३ गतेसम्म नौबिसे–मुग्लिङ सडक आंशिक बन्द गर्ने निर्णय गरेको हो ।
पृथ्वी राजमार्गको नौबिसे–मुग्लिङ खण्डको पोखरेभीर (कि.मि. ३३ं३००) र विशालटार (कि.मि. ५२ं५००) मा चट्टान काटी मोड सुधार गर्नुपर्ने भएकाले ७ गतेदेखि १३ गतेसम्म दिउँसो ११ बजेदेखि २ बजेसम्म यातायात सवारीसाधनहरू आंशिक रूपमा बन्द गर्ने सूचनामा उल्लेख गरिएको छ। तर एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने बताइएको छ।