काठमाडौं। पृथ्वी राजमार्ग (नौबिसे–मुग्लिङ सडकखण्ड) पुस ७ गते भोलिदेखि १३ गतेसम्म आशिंक बन्द हुने भएको छ। भोलिदेखि १३ गतेसम्म दैनिक दिउँसो ११ बजेदेखि २ बजेसम्म सडक आंशिकरूपमा बन्द हुने भएको हो।
सडक सुधारको काम भइरहेकाले सडक बन्द गर्नुपरेको नागढुंगा मुग्लिङ सडक आयोजनाले जनाएको छ ।आयोजनाले पोखरेभिर र विशालटारमा मोड सुधारको काम गर्न लागेको छ ।
अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएपनि एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्बाध रूपमा सञ्चालन हुने बताइएको छ।