काठमाडौं। स्तरोन्नतिको कामको लागि शुक्ल गण्डकी नगरपालिकाले दुलेगौंडा– लामा गाउँ सडक बन्द गरेको छ। नगरपालिकाले सूचना जारी गर्दै दुलेगौंडा बजारको हेल्थपोष्ट चोकदेखि पुलचोकसम्मको सडक बन्द हुने जानकारी दिएको हो।
आज देखि अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेलेद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। सडक निर्माणको क्रममा रहेकाले असुरक्षित देखिएपछि बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ। दुलेगौंडा, पुल्चोक, घारी लिलचोक हुँदै फिरफिरेसम्म पुग्ने सडक निर्माण गर्न ठेक्का लागेर निर्माणको काम सुरु भइसकेको छ।
वैकल्पिक बाटोको रूपमा ढोरबाराही मोटर मार्ग गाछेपानीदेखि पुरानो पुल हुँदै तिब्बतीय क्याम्प निस्कने सडक प्रयोग गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ।