काठमाडौं। मादी–मस्र्याङदी करिडोरअन्तर्गत सिस्नेरी–बिर्ता–मान्टेहटिया सडक निर्माण कार्य ६ महिनापछि पुनः सुरु भएको छ। सम्पर्कविहिन भएका निर्माण व्यवसायीलाई सम्पर्कमा ल्याएर निर्माण कार्य सुरु भएको सडक डिभिजन कार्यालय दमौलीले जानकारी दिएको हो।
केएस बेवीरमण तेज जेभीले ०८१ असार ३० मा सम्पन्न गर्नेगरी ०७९ असार १६ मा बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि रू २४ करोड ५५ लाख नौ हजार पाँच सय ४८ मा ठेक्का सम्झौता गरेको थियो ।
हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको सडक निर्माण कार्य विगत ६ महिनादेखि रोकिएको थियो।