काठमाडौं। रसुवा–सिमपानी १५ किलोमिटर सडक कालोपत्रका लागि शिलान्यास गरिएको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं स्वास्थ्यमन्त्री भुपेन्द्र राईले आफु मन्त्री भएको १०० दिन पुगेको अवसरमा गृह जिल्लाको रसुवा–सिमपानी सडक कालोपत्रका लागि शिलान्यास गरेका हुन्।
सडक कालोपत्रका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले याक्थुम्हाङ/रेग्मी/चुरिया जेभी निर्माण कम्पनीसँग ४६ करोड ७५ लाखमा ठेक्का सम्झौता समेत गरिसकेको छ। २०८१ साउन ७ गते सम्झौता भएको सडक कालोपत्रेको ठेक्काको म्याद ३६ महिना अर्थात २०८४ साउन ६ गतेसम्म रहनेछ । सम्झौता मितिभित्रै काम सम्पन्न गरेर सडक हस्तान्तरण गर्ने निर्माण कम्पनीले जनाएको छ ।
सम्झौताअनुसार साढे ५ मिटर फराकिलो सडक ५ सेन्टीमिरटको कालोपत्रे हुनेछ । सडकको दुवैतर्फ एक मिटर सोल्जर रहनेछ, १ मिटर १० सेन्टीमिटरको नाली रहने पूर्वाधार विकास कार्यालय उदयपुरले जनाएको छ ।