काठमाडौं। थानकोट–चन्द्रागिरि–चित्लाङ सडक दिउँसोका समयमा मात्र बन्द गरिने भएको छ। ७ पुसदेखि ६ माघसम्म एक महिनाका लागि २४ सै घण्टा बन्द गर्ने भनिएको सडक दिउँसो मात्र बन्द गरेर विहान साँझ खोलिने भएको हो।
२४ घण्टा सडक बन्द भएपछि यात्रुसँगै चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत समस्या हुने भन्दै स्थानीयले विरोध गरेका थिए। उक्त सडकखण्डको स्तरोन्नति अवधिभर बिहान ८ देखि दिउँसो ४ बजेसम्म मात्रै बन्द गरिने र बिहान र बेलुका सञ्चालन हुने भएको हो।
सडक डिभिजन कार्यालयले स्तरोन्नतिका लागि उक्त सडकको पानी घाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाएको थियो भने उक्त अवधिमा उक्त सडक भएर चल्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको थियो।