काठमाडौं। फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा बेलिब्रिज निर्माण गरिने भएको छ। काबेलीमा पक्की पुल सञ्चालनमा आएपछि यहाँको बेलिब्रिज फुङलिङ–ओलाङचुङगोला–टिपताला भञ्ज्याङ सडक खण्डको सुकेपानीमा राख्ने तयारी भएको हो ।
बेलिब्रिज सार्नका लागि यसै साता टेन्डर खोल्ने तयारी भइरहेको बताइएको छ। अहिले क्षेत्रीय कार्यालयसँग अनुमति लिने काम भएको उत्तर–दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक आयोजना आयोजनाले जनाएको छ।
यसै आर्थिक वर्षमा सक्ने गरी सुकेपानी र जोङगीनमा पुल बनाएपछि चीनसँगको सिमाना टिप्ताला भञ्ज्याङसम्म बर्खामा पनि यातायात संचालन गर्न सकिने दाबी कार्यालयको छ ।