काठमाडौं। रत्न राजमार्गको कोहलपुर–सुर्खेत–बाङ्गेसिमल सडक स्तरोन्नती गरिने भएको छ। ९०.७५ किलोमिटरको उक्त राजमार्गको स्तरोन्नतीका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेस गरेको हो।
बाँके, बर्दिया र सुर्खेत जिल्ला छोएको प्रस्तावित सडक खण्ड स्तरोन्नतिका लागि सडकको क्षेत्राधिकार भित्र नै आयोजनालाई आवश्यक पर्ने जमिन रहेका कारण थप जग्गा भने अधिग्रहण गर्नु नपर्ने प्रतिवेदनमा उल्लेख छ ।
यो आयोजनाको कुल लागत ६ अर्ब ५० करोड अनुमान गरिएको छ । सडक चार वर्षभित्र निर्माण सक्ने लक्ष्य रहेको समेत प्रतिवेदनमा उल्लेख छ ।