एजेन्सी। कजाकस्तानमा यात्रुवाहक विमान दुर्घटनामा परेको छ। कजाकस्तानको अक्ताउ शहरमा बुधबार यात्रुवाहक विमान दुर्घटना परेको हो।
प्रारम्भिक रिपोर्ट अनुसार ६७ जना यात्रु रहेको विमान दुर्घटनामा केही मानिस हताहती भएको बताइएको छ। कजाकस्तानका आपत्कालीन मन्त्रीका अनुसार विमान दुर्घटना भएको स्थानमा पुग्न उद्धार टोलीले प्रयास गरिरहेको छ ।
जहाज बाकुबाट रूसको चेचन्यास्थित ग्रोज्नीतर्फ जाँदै गरेको अवस्थामा बाक्लो हुस्सुका कारण विमानको रुट परिवर्तन गर्ने क्रममा दुर्घटना भएको बुझिएको छ।