काठमाडौं। कालीकोटको पचालझरना गाउँपालिका–८ चाटेबगरस्थित कर्णाली नदी तर्ने क्रममा एस्काभेटर पल्टिँदा एस्काभेटरसहित एक जना बेपत्ता भएका छन् । पचालझरना–८ चाटेबगरबाट पचालझरना ४ जारकोट जाने क्रममा कर्णाली नदीमा एस्काभेटरसहित एक जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा पचालझरना–८ का ४० वर्षीय कुस्माखर सन्ज्याल रहेको प्रहरीले जनाएको छ। पचालझरना–८ खडतोली निवासी निर्माण व्यवसायी मुक्ति सन्ज्यालको डोजर अपराह्न ५ बजेतिर नदी पार गर्नेक्रममा पल्टिएको थियो । एस्काभेटर पल्टिँदा निर्माण व्यवसायीका प्रतिनिधि सन्ज्याल बेपत्ता भए भने नदीमा तैरिरहेका चालक नमराज मल्ललाई स्थानीयको सहायतामा उद्धार गरेको प्रहरीले जनाएको छ।