काठमाडौं। नेकपा एमालेका सचिव तथा पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत नभएको बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभिएशन मिट—२०२४ः नागरिक उड्ययन र अर्थतन्त्रबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना अन्तर्गत भनेर व्याख्या गर्नु गलत हुने बताएका हुन्।
उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई परियोजना होइन । प्रधानमन्त्रीको चीन भ्रमणमा भएको बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुँदा कुन–कुन आयोजना गरेका छन्, सबैलाई थाहा भएको छ । सम्झौता हुँदा उल्लेख भएका १० आयोजनाहरू बीआरआई परियोजनाभित्रका हुन । रेल्वे, सडक, शिक्षा र ट्रान्समिसन लाइन लगायका परियोजनाहरू छन् ।’