काठमाडौं। कैलालीको कर्णाली चिसापानीमा जालपादेवी केबलकार निर्माण गर्नका लागि शिलान्यास गरिएको छ। आईएमई समूहले लम्कीचुहा नगरपालिका–३ मा केबलकार निर्माण गर्ने भएको हो।
केबलकार निर्माणका लागि शनिबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिलान्यास समेत गरेकी छन्। चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडासम्म पुग्ने केबलकार ३.१ कलिोमिटर लामो हुने छ भने केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो र ब्यांक्वेट हल निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।
यसैगरी टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वाक, वकिङ ट्रेल, रेस्टुरेन्ट तथा चिल्ड्रेन पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधार निर्माण हुनेछन् ।
मन्त्री राणाले कबलकार शिलान्यासको क्रममा केबलकार निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् ।