काठमाडौं। बेन?–दरबाङ सडक आयोजनाको तेस्रो खण्ड रणवाङ–दरवाङ स्तरोन्नतीको काम भइरहेको छ। २२ करोड ५७ लाख लागतमा रणवाङ–दरवाङ सडकखण्डको स्तरोन्नती तथा कालोपत्र हुने भएको हो।
गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति भइरहेको सडकको अहिले चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याउने काम भइरहेको छ।
यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिसक्ने गरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ। मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो ।