काठमाडौं। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रिक्वायर्ड नेभिगेसन पर्फर्मेसन–अथोराइजेसन रिक्वायार्ड (आरएनपी–एआर) प्रणाली जडान कार्य भइरहेको छ।भिजिबिलिटीको समस्या समाधान गर्न गौतमबुद्ध विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू हुने प्रकृया अन्तिम चरणमा पुगेको हो।
यभू–उपग्रहमा आधारित आरएनपी–एआर एप्रोच विधिको ४२ दिने सूचना प्रकाशन भैसकेको हुँदा जनवरी २३ (माघ १०) देखि लागू हुने विमानस्थल कार्यालयले जनाएको छ।
मंसिर पहिलो सातादेखि उडान सुरु गरेका कतार एयरवेज, थाई एयर एसिया, फ्लाई दुबई र जजिराले भिजिबिलिटीको समस्या देखाउँदै एक महिना मात्रै उडान गरेर सेवा बन्द गरेका छन् ।
आरएनपी–एआर प्रणाली लागू भएपनि विदेशी एअरलाइन्सका जहाजहरुले उडान र अवतरण गर्न भने समय लाग्ने बताइएको छ।