काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पर्यटकीय स्थल पुग्ने सडक तथा संरचनाको निर्माण तथा पुनर्निर्माणलाई प्राथमिकता दिने बताएका छन्। तनहुँको बन्दीपुरमा बन्दिपुर भ्रमण वर्षको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले पर्यटकीय स्थलहरूसम्म पुग्ने सडक तथा संरचनाहरूको निर्माण, मर्मत तथा पुनर्निर्माण मन्त्रालयले प्राथमिकता दिने बताएका हुन्।
उनले पूर्वाधारहरूको बहुउपयोगीतालाई ध्यान दिनुपर्ने समेत बताए । ग्रामीण तथा आन्तरिक पर्यटनका गन्तव्यहरूमा पूर्वाधारहरूको विकास गरी बाह्य पर्यटकहरूलाई समेत आकर्षित गराउन सकिने उनको भनाइ छ।
पर्यटन मार्फत हस्तकला, परम्परागत सिप, संस्कृति, संगीत, खाद्यपरिकार, पहिरन, लगायतको समेत व्यवसायीकरण गराउन सकिने भन्दै मन्त्री दाहालले पर्यटन प्रवर्द्धन मार्फत स्वरोजगारी सिर्जना गर्न सकिने तर्फ पनि ध्यान दिइनुपर्ने बताए।