काठमाडौं। सडकपेटी खनेको भन्दै काठमाडौं महानगरपालिकाले एक जनालाई जरिवाना तिराएको छ । काठमाडौं महानगरले वडा नम्बर–३ बसुन्धारा मैत्रीचोकमा सडकपेटी खनेको भन्दै रामकुमार श्रेष्ठलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।
महानगर प्रहरी बलले जथभावी होर्डिङ बोर्ड राख्ने, सडक वा पेटी बिगार्ने, जथाभावी फोहोर फाल्ने, अनुमतिविना पोस्टर टाँस्नेमाथि कडा निगरानी राख्दै आएको छ ।