तनहुँ। बन्दीपुर केबलकारको लिग भाँचिएको छ । केबलकारको दुई नम्बर पोलसँगैको भागमा रहेको लिग भाँचिएको हो।
बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडद्वारा प्रवर्द्धन गरिएको बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा लत्रिएको थियो। केबलकार मर्मतका लागि कम्पनीले दुई दिन केबलकार सञ्चालन बन्द गरेको छ ।
लिगको तार चुँडेर तल लत्रिएपछि एउटा डिब्बा भुईँ नजिकै झुन्डिन पुगेको थियो। डिब्बा खाली हुँदा मानवीय तथा अन्य भौतिक क्षति नभएको बताइएको छ ।