काठमाडौं। धनगढी महानगरपालिकामा १०८ धारा सहित बेहदा बाबा मन्दिर निर्माण हुने भएको छ। सुदुरपश्चिम संघिय सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन कार्यालयले सो मन्दिर निर्माण गर्न लागेको हो।
पछिल्लो समय धार्मिक क्षेत्रमा पर्यटकको आकर्षण बढ्दो रहेको कारणले कैलालीमा पनि धार्मिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ मन्दिर निर्माण गर्न लागिएको हो। सो क्षेत्रमा मन्दिर निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने महानगरपालिकाको विश्वास रहेको छ। सो मन्दिर निर्माणले कैलालीको धार्मिक क्षेत्रको विकासलाई टेवा पुर्याउने छ।
१०८ धारासहित मन्दिर निर्माणका लागि सहरी विकास तथा भवन कार्यालयले ठेक्का आह्वान गरेको छ। ठेक्का प्रक्रिया पुरा भएपछि मन्दिर निर्माण कार्य अघि बढाउने कार्यलयको योजना रहेको छ।