काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यूएईको फ्लाई दुबईले २९ पुसदेखि पुनः उडान थाल्ने भएको छ । बाक्ला हुस्सुका कारण गत १५ डिसेम्बरदेखि रोकिएको उडान फ्लाई दुबईले पुस २९ देखि फेरि सुरु गर्ने भएको छ।
एक महिनाका लागि स्थगित उडान १५ जनवरी देखि पुनः थाल्ने विमानस्थल कार्यालयले जनाएको छ। गौतमबुद्ध विमानस्थलमा एकसाथ आधा दर्जन कम्पनीले उडान थालेका थिए । तर, हिउँदयाम लागेसँगै उनीहरूले उडान रोकेका छन् ।