परासी। पश्चिम नवलपरासीको दाउन्नेमा अत्याधिक हुस्सु र शितलहरका कारण सडक अवरुद्ध भएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा विस्तार भइरहेको सडक शितलहरका कारण चिप्लो भएको र हुस्सुले बाटो समेत नदेखिएकाले अवरुद्ध बनेको हो।
बर्दघाट नगरपालिका–४ खुर्सानी खोलास्थित पूर्व–पश्चिम राजमार्गमा हुस्सु तथा शितलहरको कारण बाटो चिप्लो भएर आज बिहान ४ बजेसम्म दुईतर्फी सडक अवरुद्द भएको र अहिले एकतर्फी यातायात संचालमा आएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
प्रहरीले ठूला र मालवाहाक सवारीलाइ पूर्वतर्फ दुम्किबास र पश्चिमतर्फ बर्दघाटमा रोकेको छ ।यसअघि पनि वर्षामा सडक हिलो हुँदा उकालोमा सवारी चिप्लिएर सडक अवरुद्द हुने गरेको थियो ।