काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाई भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा कार्यकारी अध्यक्ष अधिकारीले खरिद विनियमावली एयरलाइन्समैत्री नभएका कारण जहाज बिग्रेपछि मर्मत गर्न ढिलाइ हुने बताएका हुन्।
उनले खरिद विनियमावली एयरलान्समैत्री बनाउन, २०७६ सालदेखि निगमले भनिरहेको भएपनि अहिलेसम्म सुधार नभएको बताए ।पटक–पटक मन्त्रालयलाई भने पनि यसमा सुधार हुन नसकेको अधिकारीले बताए । नेपाली सेनाको लागि मात्रै जहाजका स्पेयर पार्ट्स खरिदको लागि विनियमावली सुधार गरेको भन्दै त्यत्ति नै नेपाल एयरलाईन्सलाई गरेको खण्डमा काम गर्न सहज हुने उनले बताए ।
नेपाली सेनाको लागि गरिएको जहाजका स्पेयर पार्ट्सहरुको लागि खरिद विनियमावली सुधार जतिनै नेपाल एयरलाइन्सलाई पनि गरिदियो भने काम गर्न सहज हुने समेत कार्यकारी अधिकारीले बताए। उनले भने,‘जहाजको एउटा स्पेयर पार्ट्स बिग्रियो भने ४५ दिनको टेण्डर आह्वान गर्नुपर्छ । विभिन्न तहमा निर्णय हुँदै आउनुपर्छ । वर्तमान समयमा ४५ दिनको टेण्डर हवाई क्षेत्रमा उपयुक्त होइन जस्तो लाग्छ।