काठमाडौं नागार्जुन नगरपालिका –६ ह्वाइट गुम्बानजिक एक एस्काभेटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। बा २ क ६०८८ नम्बरको एस्काभेटरको ठक्करबाट शुक्रबार गुम्बानजिकै ११ वर्षीया अनुषा तामाङको मृत्यु भएको हो।
एस्काभेटरको ठक्करबाट गम्भीर घाइते भएकी अनुषाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले एस्काभेटर चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।