काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई तारेभीर चक्रपथको डीपीआर हस्तान्तरण गरिएको छ। काठमाडौं गोकर्णेश्वर नगरपालिकामा मंगलबार ‘११औं तारेभीर महोत्सव’ उद्घाटन कार्यक्रममा स्थानीयका तर्फबाट चक्रपथको डीपीआर मन्त्री दाहाललाई हस्तान्तरण गरिएको हो।
उद्घाटन कार्यक्रममा उनले ग्रामीण क्षेत्रमा रहेका पर्यटन गन्तव्यसम्म पूर्वाधार विस्तार गर्न समेत सरकार प्रतिबद्ध रहेको बताए । मौलिक पर्यटन गन्तव्यसम्म सडक एवं पूर्वाधार विकास र विस्तार गरी ग्रामीण अर्थतन्त्र बलियो बनाउन सकिने मन्त्री दाहालको भनाइ छ ।
उक्त चक्रपथ पूरा भए काठमाडौंभित्रको ग्रामीण क्षेत्रका रूपमा रहेका दर्जनौं बस्तीको जनजीवन सहज हुनुका साथै आर्थिक गतिविधि समेत चलायमान हुने बागमती प्रदेशका पूर्वभौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँलले बताए ।