काठमाडौं। हिमपातका कारण कर्णाली लोकमार्गको नाग्म–गमगढी सडक अवरुद्ध बनेको छ। मुगुमा पहिलो पटक परेको हिमपातका कारण सडक नै अवरुद्ध बनेको हो।
घुच्चीदेखि वाँदखोलासम्म सडकमा झन्डै एक फिटभन्दा बढी हिउँ जमेको बताइएको छ। सडकमा हिउँ जमेपछि दर्जनौं मालबाहक र यात्रुबाहक सवारी साधन घुच्चीलेकमै अलपत्र परेका छन्।
सडक डिभिजन कार्यालय जुम्लासँग एक्स्काभेटरबाट जमेको हिउँ पन्छाउनलाई समन्वय भएको छ तर मौसम अझै सुधार नहुँदा गाह्रो परेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ। मौसम सुधार हुनासाथ हिउँ पन्छाउने प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएसँगै जनजीवन प्रभावित भएको छ ।