काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालमा पर्यटक पूर्वाधार निर्माण भइरहेको बताएका छन्। राष्ट्रिय लोकतान्त्रिक अपांग संघ धादिङको दोस्रो जिल्ला अधिवेशनमा बोल्दै मन्त्री पाण्डेले नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको र लाखौं पर्यटक ल्याउने अवसर भएको दाबी गरेका हुन्।
उनले भने, ‘‘नेपालमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन्, अहिले पनि लाखौँ पर्यटक ल्याउने अवसर छ। हाम्रा संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने दिशामा हामी तत्परताका साथ लागिरहेका छौँ ।’
मन्त्री पाण्डेले पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्न १० वर्षे कार्ययोजना तयार भइरहेको जानकारी गराएका छन् ।
मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर रहेको र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।