काठमाडौं। उत्तर–दक्षिण कोशी सडकअन्तर्गत संखुवासभाको भोटखोला गाउँपालिका–३ सेम्बुङमा खाँदबारी–किमाथांका सडक सञ्चालनमा आएको छ। सुख्खा पहिरोले अवरुद्ध बनेको सडक एक दिनपछि पुनःसञ्चालनमा आएको हो।
शुक्रबार दिउँसो खसेको सुक्खा पहिरोले २० मिटरभन्दा बढी कच्ची सडक अवरुद्ध पारेको थियो । सडकमाथिबाट ठुल्ठूला ढुङ्गासहितको सुक्खा पहिरो खसेर अवरुद्ध सडकखण्ड शनिबारदेखि पुनःसञ्चालनमा आएको उत्तर–दक्षिण सडक कार्यालयले जनाएको छ।
सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिका आवतजावत गर्ने सवारीसाधन रोकिएका थिए ।