काठमाडौं। लमजुङको बेंसीसहरमा विकास निर्माणको गुणस्तर नाप्ने मेसिन प्रयोग गर्न सुरु गरिएको छ। बेंसीसहर नगरपालिकाले विकास निर्माणमा हुने कच्च पदार्थको मात्रा पत्ता लगाएर यसको गुणस्तर नाप्न निर्माण सकिएका सडकको ढलान, कालोपत्र तथा नालीमा कोर कटिङ मेसिन प्रयोग गर्न थालेको हो ।
ढलान तथा कालोपत्र गरिएका सडक स्टिमेट अनुसार भएरनभएको र गुणस्तर मापन गर्न कोर कटिङ परीक्षण सुरु गरिएको बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताए ।
नगरपालिका उपप्रमुख पदमा गुरुङले बेंसीसहर नगरपालिका–३, ८, १० लगायत वडामा निर्माण सकिएको सडकको कोर कटिङ मेसिनबाट परीक्षण कार्य गरिएको बताइन् ।