चितवन। चितवनको भरतपुरबाट देवघाट जाने त्रिशुली नदीको झोलुंगे पुल मर्मत गर्न सुरु गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने झोलुंगे पुल मर्मत गर्न थालिएको हो।
उक्त पुलको केही दिन अघि पत्ताको केही भाग उप्किएर बाँसको कप्टेरो राखिएको थियो। पुल मर्मतका लागि डिभिजन कार्यालय पुल्चोक, ललितपुरको प्राविधिक टोली खटिएको छ। पुल मर्मतको समयमा अहिले उक्त पुलमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मोटरसाइकल सञ्चालनमा रोक लगाइएको छ।
देवघाट जाने उक्त झोलुंगे पुलमा स्थानीय र पर्यटक गरेर दैनिक ६ हजारभन्दा बढी मानिस आवतजावत गर्छन।