काठमाडौं। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आजदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी उपत्यकाका विभिन्न स्थानमा आजदेखि १८ गतेसम्म दैनिक पाँच घण्टा विद्युत अवरुद्ध हुने जानकारी दिएको हो।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरणलाइन भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।
आज कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।