काठमाडौँ । असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेपछि गण्डकी बेसिनका सबै जलविद्युत आयोजनालाई उच्च सतर्कता ९हाइ अलर्ट० मा राखिएको छ।
विद्युत् विकास विभागले नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका तथा निजी क्षेत्रका आयोजनालाई मौसमको निरन्तर जानकारी लिएर आवश्यक सुरक्षा उपाय अपनाउन निर्देशन दिएको हो।
विभागका महानिर्देशक सागरराज गौतमका अनुसार जोखिम न्यूनीकरणका लागि आयोजनाहरूमा २४सै घण्टा सतर्कता अपनाइएको छ। निजी क्षेत्रका आयोजनाको सुरक्षामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० ले समन्वय गरिरहेको छ।
यसअघि भोटेकोशी बाढीबाट जलविद्युत आयोजना, विद्युत् पूर्वाधार र सबस्टेसनमा ठूलो क्षति पुगेपछि राष्ट्रिय प्रणालीबाट करिब १० प्रतिशत विद्युत् बाहिरिएको थियो।